पछिल्लो समय सामाजिक सञ्जाल र विभिन्न युट्युव च्यानलहरूमा सरकारको प्रतिरक्षा गर्दै आएका अनेरास्ववियूका नेता मंगल थापाले कोरोना भाइरसका कारण सरकारले घोषणा गरेको ‘लकडाउन’ बाट अति प्रभावित मजदुर र विद्यार्थीलाई तत्काल राहत उपलब्ध गराउन माग गरेका छन् ।
अनलाइन पाना सँग कुरा गर्दै थापाले सरकारले घोषणा गरेको ‘लकडाउन’को कारण शहरमा दैनिक मजदुरी गरेर जिविकोपार्जन गरिरहेका मजदुर र विभिन्न कलेजमा अध्यनरत विद्यार्थीहरू अति प्रभावित रहेको भन्दै उनिहरूलाई तत्कालै राहत उपलब्ध गराउन माग गरेका हुन् ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले चालेको कदम स्वागतयोग्य भएपनि त्यसले समाजको तल्लो तप्काका नागरिकको रोजिरोटी नै खोसिन सक्ने र भोकभोकै मर्नुपर्ने परिस्थिति आउन सक्ने भन्दै यसप्रति गम्भीर बन्न सरकारलाई आग्रह गरेका हुन् ।
नागरिकको स्वास्थ प्रती संवेदनशील बन्दै सरकारले ‘लकडाउन’ गर्नुपरेको उल्लेख गर्दै थापाले सरकारले चालेको कदममा साथ दिन पनि सम्पूर्ण नागरिकलाई आग्रह समेत गरेका छन् ।
‘लकडाउन’ को दोस्रो दिन बुधबारसम्मको समग्र अवस्था मुल्यांकन गर्दा सरकारको कदममा केहि अपवादलाई छोडेर नागरिकले साथ दिएको उनको भनाइ छ ।




















प्रतिक्रिया