कोरोना भाइरसको संक्रमण फैलाउन नदिन सरकारले देशलाई एक साताका लागि हिजो (मंगलबार) बाट लकडाउन गरेको छ । यो संगै पूर्वी तराइका जिल्लाहरुमा चहलपहल रोकिएको छ । भने, भिडभाड हुने मुख्य सहर सुनसान छन् । प्रायः मानिसहरु घरभित्रै बसेका छन् ।
तर, पहाडी भेगका मानिस भने यो बेला आफ्नै काममा व्यस्त छन् । यो अवस्थालाई हटाउन र मानिसमा जनचेतना जगाउन उदयपुरको बेलकामा सुभ बिहानी नेपाल नामक सामाजिक संस्थाले सचेतनामुलक कार्यक्रम गरेको छ । लकडाउन देशैभरी भएको र कोही पनि घरबाहीर ननिस्कन आग्रह गदै सस्थाले चेतनामुलक पर्चा बितरणका साथै २ सय थान माक्स बितरण गरिएको छ ।
सस्थाले जनचेतनामूलक ब्यानरहरु चोक चोक मा राखेकको र ग्रामिण भेगमा पनि चेतना जगाउनको लागि बिभिन्न ठाँउमा साबुन पानी सहितको ट्यांकी चौक चौकमा राख्ने कार्यक्रम रहेको सस्थाका उपाध्यक्ष बिनोद खड्काले जानकारी दिए । उनले सरकारको लकडाउनको निर्णयप्रती बफादार हुदै यसको कार्यान्यन गर्न, सचेत गराउन, के गर्ने ?, के नगर्ने ? भन्नेवारे ज्ञान दिन, भयभीत गाउले परिबेसका मानिसहरुमा उनिहरुको आत्मबल बलियो बनाउन युवाहरु लगि परेको सस्थाको सचिब अमर शिवाकोटीले जानकारी दिए ।




















प्रतिक्रिया