Logo

अन्तर्राष्ट्रिय

कोरोना भाइरस: थाइल्याण्डमा संकटकालको घोषणा



थाइल्याण्डमा कोरोना भाइरसका नयाँ संक्रमित फेला परेसँगै प्रधानमन्त्री प्रयुत चान ओचाले मुलुकभर संकटकालको घोषणा गरेका हुन् ।

थाइल्याण्डमा बिहीवार मात्रै कोरोना भाइरसका १११ जना संक्रमित थपिएको पुष्टि भएको छ । ट्विटर मार्फत थाइल्याण्ड सरकारले जारी गरेको सन्देशमा थाइल्याण्डमा १११ नयाँ संक्रमित थपिएको जनाएको हो ।

कोरोना भाइरसका कारण थाइल्याण्डमा १ हजार ४५ जनालाई संक्रमण भएको पुष्टि भै सकेको छ भने थाइल्याण्डमा कोरोना भाइरसका कारण ७ जनाको मृत्यु भइसकेको छ ।

बिहीवार संकटकाल घोषणा घोषणा गर्दै प्रधानमन्त्री ओचाले आगामी केही साता वा महिनाका लागि ‘सबैभन्दा खराब समयको अपेक्षा गर्न’ थाई जनतालाई अपिल गरेका छन् । कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्नका लागि यस्तो कदम चाल्नुपरेको उनको भनाइ छ ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार १३:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।