Logo

स्वास्थ्य

‘सरकार जनता कोरोनाले भन्दा पनि भोकले मर्न लागे’ : अभियान्ता अधिकारी



भ्रष्टाचार विरुद्धका सामाजिक अभियान्ता सिद्धार्थ अधिकारीले नेपाली जनता कोरोना भाइरस (कोभिड – १९) ले भन्दा पनि भोकले मर्न लागेको भन्दै सरकार नागरिकका समस्यामा संवेदनशील हुनुपर्ने बताएका छन् ।

अनलाइनपाना सँग कुरा गर्दै अभियान्ता अधिकारीले सरकारले कोरोना संक्रमण फैलिन नदिने प्रत्यास स्वरूप गरेको ‘लकडाउन’ कोरोना नियन्त्रणको लागि प्रभावकारी भएपनि दैनिक ज्याला मजदुरीमा काम गरेर खाने वर्गको लागि भने ‘लकडाउन’ प्रत्युत्पादक बन्दै गएको तर्फ सचेत हुन पनि आग्रह गरे ।

दैनिक ज्याला मजदुरी गरेर खाने विपन्न वर्गको लागि राहत उपलब्ध गराउन सरकारले चासो नदिने हो भने अवस्था भयवाह हुने उनको भनाइ छ । ‘लकडाउन’ को सबैभन्दा ठूलो मार विपन्न वर्गलाई नै परेको उनको भनाइ छ ।

‘लकडाउन’ को मौकामा कालोबजारी बढेको भन्दै अभियान्ता अधिकारीले सरकारका केही पदाधिकारीनै कालोबजारी गर्न उद्द्त रहेको आरोप समेत लगाउन भ्याए । सरकारले उपभोग्य बस्तुको अभाव नहुने जतिसुकै रटान लगाएको भएपनि बजारमा अहिले ग्याँस, खाद्यान्न, तरकारी, फलफूल र पानीमा समेत कालोबजारी सुरु भैसकेको जानकारी दिए ।

‘अहिले नै तरकारी र फलफूलको मूल्य १५० प्रतिशतसम्म बढेको छ । बजारमा जतिसुकै मुल्य तिर्दा पनि खाना पकाउने ग्याँस पाइदैन अनि सरकार र सम्बन्धित विभागीय मन्त्री भने उपभोग्य बस्तुको अभाव नहुने रटान लगाउँछन् ।’ उनको आक्रोश छ ।

विपन्न वर्गलाई तत्कालै सरकारले अत्यावश्यक बस्तुको आपूर्ति नगर्ने हो भने ‘लकडाउन’ विरुद्ध नागरिक प्रतिरोध हुने समेत उनको चेतावनी छ ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार १६:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।