Logo

अन्तर्राष्ट्रिय

न्यूयोर्कमा मात्रै ३५ सयको मृत्यु, सेना परिचालनको तयारी



अमेरिकामा सङ्क्रमितको सङ्ख्या लगातार बढेर तीन लाख नाघेको कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमणको आँकडा राख्दै आएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । त्यसमध्ये एक तिहाइ न्यूयोर्क राज्यमा मात्र छन् । जुन इटलीको हाराहारीमा छ । त्यहाँ मर्नेको सङ्ख्या ३,५६५ पुगेको बीबीसीले उल्लेख गरेको छ ।

न्यूयोर्क राज्यका गभर्नर एन्ड्र्यु कोमोले त्यहाँ सङ्क्रमणको उच्च विन्दु आगामी ४ देखि १४ दिनमा पुग्ने ठानिएको बताए  । कोरोना भाइरसको अवस्थाबारे दैनिक प्रेस सम्मेलनका बेला राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले कोमोलाई न्यूयोर्कलाई आवश्यक स्रोतको प्रबन्ध गरिदिने बताइरहेका छन् ।

उनले कोभिड-१९ विरुद्ध राज्यहरूलाई सहयोग गर्नव्यापक सैन्य परिचालन गरिनेु भन्दै त्यसका लागि हजारौँ सैनिक, स्वास्थ्य कार्यकर्ता तथा जानकारहरू खटाइने जनाएका छन् ।

एक हजार सैनिकलाई छिट्टै न्यूयोर्क शहरमा खटाइने उनले बताए। अमेरिकामा हालसम्म आठ हजारको ज्यान गइसकेको छ । संसारभरिमा कोरोनाभाइरस सङ्क्रमणका कारण मर्नेहरूको सङ्ख्या ६०,००० नाघेको छ भने सङ्क्रमित झण्डै १२ लाख पुगेको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आईतवार ११:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।