‘छोपिदैन ऐन महर तिम्रो चर्तिकला (अपराध)’
पुर्ब गुण्डा तथा अहिलेको अनेरास्ववियुको अध्यक्ष ऐन ज्यू।
आफ्नो लाज छोप्न आखामा पट्टि बाध्नु भएछ तर शरीर पुरै नाङ्गै छ। दुनियालाई लाज भैसक्यो। तिम्रा सहकर्मिहरुलाई लज्जित तुल्याएको छ। कति कति तिम्रा हनुमानहरुले फोन गरेर दुखेसो पोख्छन। कति दिन गर्छौ अझै यस्तो चर्तीकला? अब त एक एक गरि तिम्रा काला कर्तुतहरु बाहिर आउने दिन आयो।
• मैले लेखेको एउटा चिट्ठी पढेर उत्तर दिने हैसियत त राखेनौ बरु उल्टै पुलिस लगाएर मेरो चिट्ठी हटाउन लाएछौ। तर के गर्छौ तिमिले हटाउन लाएपनी दुनियाको मनसपटलमा जिबित छ। कतिका मोबाईलमा सुरक्षित छ होला? कयौ मान्छेहरु त तिम्रा कर्तुतका साक्षी नै छन। सबै बझङी जनतालाई थाहा नै छ। अरु पनि दुनियाले तिमिलाई चिनुन भनेर यत्ती लेखेको हु।
• तिमिले केही दासहरुलाई लगाएर म गाजा खाने,के-के लेख्न लगाएछौ। के तिमी आत्मा बाटै भन्न सक्छौं यो कुरा? त्यो लेख्ने तिम्रा दासहरुले कतिदिन आत्मा बेचेर हिन्छन हेरौ!
कुनै दिन म जस्तै गरि कर्तुत खोल्ने नबनुन। त्यो दिन देख्न नपरोस।
• होटेलको बियरको मूल्य के कति भन्ने त सम्झेकै रहेछौ तर यथार्थ बिर्सेछौ। र मेरो धम्सिखेलको होटेल बरु कहिल्यै देखेनौ। अझै आत्मासाक्षी राखेर बोल म के कस्तो थिय? सबै त्रिचन्द्रका साथिहरुलाई सोध।
तिमिले जे भनेपनी जनताले के बुझ्छन भन्ने हो। जनताको नजरमा को कसरी गिरेको छ र गिर्दैछ त्यो त हरेक दिन देखिदै छ। म त यो अर्काको भुमिमा दुख गरेर जीवन चलाउदै छु।
• मेरा प्रश्नहरुको उत्तर दिने हैसियत नभएर उल्टो मलाई नै के-के आरोप लाउन भ्याएछौ। ठिकै छ हेर्दै जाऊ अब म हरेक दिन तिम्रा एक-एक कर्तुत बाहिर ल्याउनेछु। जो यथार्थ हुन।

केहि साथीहरुले मेरो बिगतको यथार्तलाई बङ्गाएर लेखेको देख्दा लाग्छ अब उनिहरुको पनि कालो कर्तुत बाहिर आयो भने कसरी मुख देखाउने होला भनेर भएले रोइ कराई गरेर यति सम्म लेख्ने चेष्टा गरेछन । तिम्रा यहा सम्मका अन्धभक्त छन मलाई राम्रो सँग थाहा थियो तर मैले उनिहरुको बिगत पनि नजिकबाट देखेको छु र सबैलाई चिनेको पनि छु ।
मैले कानुनी उपचारको प्रयास गरेको पनि हो।यो कुरा सबै समकक्षिलाई थाहा पनि छ ।महानगरीय प्रहरी बृत दरबारमार्गमा किटानि जाहेर गरी निवेदन दिएको थिए । नेपालमा कानुनि प्रकृया कस्तो छ भनेर जहजाहेर नै छ।तिम्रो शक्तिको अघि यि कुरा सबै ओझेलामा पर्यो।
–जनक सिंह
(अनेरास्वबियु त्रिचन्द्रका पूर्व कार्यकर्ता हुन।)
















प्रतिक्रिया