Logo

स्वास्थ्य

मुलुक बाहिर रहेका नेपालीलाई सहायता गर्न दिपेन्द्र कँडेलको ‘हेल्प डेक्स’ सञ्चालनमा



अध्ययन तथा रोजगारीको शिलशिलामा मुलुक बाहिर रहेका नेपालीहरूलाई सहायता पुर्‍याउने उदेश्यले पब्लिक ईनोभेटर दीपेन्द्र कँडेलले अन्तराष्ट्रिय ‘हेल्प डेक्स’ सञ्चालनमा ल्याएको घोषणा गरेका छन् ।

आफ्नो सामाजिक संस्था ‘द दीपेन्द्र कँडेल अफिस’ मार्फत उनले अन्तराष्ट्रिय कोरोना प्रभावित ‘हेल्प डेक्स’ स्थापनाको घोषणा गरेका हुन् । यदि तपाई विदेशमा हुनुहुन्छ भने सिधा दिपेन्द्र कँडेललाई फोन गर्नुस्, समस्याको समाधानमा म सहायता गर्छु’ कोरोना भाइरसका कारण विश्व आक्रान्त भएका बेला विश्वभर छरिएर रहेका नेपाली पनि समस्यामा छन् । उनिहरूलाई सहायता गर्नु हामी सबैको दायित्व हो । उनले भने ।

खासगरी नेपालको अर्थतन्त्रमा निकै ठूलो योगदान दिने वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गर्दै ‘हेल्प डेक्स’ को स्थापना गरिएको उनले जानकारी दिए । मुलुक बाहिर रहेका नेपालीका जुनसुकै समस्याको सहजीकरण गर्दै सम्बन्धित देशका राजदूत मार्फत समस्या समाधानको प्रयास गरिने उनको भनाइ छ ।

कोरोना भाइरसको चपेटामा परेका मुलुकमा रहेका नेपालीको लागि सुरक्षित बसोबासको सुविधा, खानपिन र आवश्यक स्वास्थ उपचारको लागि सम्बन्धित देशका नेपाली राजदूत मार्फत समस्या समाधानको लागि प्रयास गर्ने त्यसो हुन नसके नेपालको परराष्ट्र मन्त्रालय मार्फत समस्या सहजीकरणमा सहायता पुर्‍याउने उनको प्रतिबद्धता छ ।

अष्ट्रेलिया, युरोप, खाडी मुलुकहरू, भारत, अमेरिका सहित सारा विश्वभरका नेपालीको सहायताका लागि आफू र आफ्नो टिम अहोरात्र खट्ने समेत उनले जानकारी दिए । अष्ट्रेलिया लगायतका मुलुकमा अध्ययनका लागि गएर समस्यामा परिरहेका नेपाली विद्यार्थीलाई सस्तो विश्वविद्यालयमा अध्ययन गर्न सुझाव दिदैं नेपाल फर्कने निर्णय हतारमा नगर्न पनि उनले सुझाव दिए । यसले विद्यार्थीको करियरलाई असर गर्ने भन्दै त्यतातर्फ सचेत रहन समेत आग्रह गर्दै उपयुक्त निर्णय लिन सुझाव दिए ।

पीडितहरूको आवाज सम्बन्धित निकायसम्म पुर्‍याउने आफूहरूको दायित्व रहेको भन्दै कुनै पनि खालको समस्या भएका सम्पूर्ण नेपालीले दीपेन्द्र कँडेलको ‘हेल्प डेक्स’ मा सम्पर्क गर्न सकिने उनको भनाइ छ ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार ०८:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।