र्यापिड टेस्टको क्रममा पोखरामा एक जना कोरोना संक्रमित भेटिएका छन् । २७ दिन अघि दुबईबाट फर्किएकी ५५ वर्षीय एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पोखरा उपमहानगर पालिकाको स्वास्थ महाशाखाले पनि र्यापिड उनको रिपोर्ट पोजेटिभ आएको पुष्टि गरेको छ । संक्रमित महिला पोखरा उपमहानगरपालिका १२ ढिकालेथरिकी भएको जनाइएको छ ।
थप परिक्षणको लागि उनको थ्रोट स्वाब थप परिक्षणको लागि पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानमा पठाइएको पोखरा उपमहानगरपालिका स्वास्थ महाशाखाले जनाएको छ ।




















प्रतिक्रिया