नेपालमा कोरोना संक्रमित ३१ जनामध्ये १६ जना मस्जिदमा लुकेका जमातीहरु रहेको प्रमाणित भएपनि राष्ट्रिय मुस्लिम आयोगले भने प्रमाणित तथ्यलाई समेत अस्विकार गर्दै मस्जिद र मदरसामा जमातीहरु नबसेको भन्दै प्रमाणित तथ्यलाई समेत अस्वीकार गर्दै झुट बोलेको छ ।
आइतबार मुस्लिम आयोगको कार्यलयमा भएको सर्वपक्षीय छलफलले कुनै पनि मस्जिद र मदरसाहरुमा कुनै जमाती नलुकेको निष्कर्ष निकालेको छ । उदयपुर र पर्साको मस्जिदमा रहेका जमातीमा कोरोना भाइरस संक्रमण देखिएपछि मुस्लिम समुदायका व्यक्तिहरूमाथि प्रश्न उठाइएको थियो ।
मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको अगुवाईमा भएको सर्वपक्षीय भेलाले एकातिर कुनै मस्जिद तथा मदरसाहरुमा कुनै जमाती नलुकेको / नबसेको निष्कर्ष निकालेको छ भने अर्कोतिर नेपालमा रहेका जमातीहरुका अगुवालाई दुई दिन भित्र स्वदेशी तथा विदेशी जमातीहरुको विवरण आयोगमा बुझाउनका लागि निर्देशन समेत दिइएको छ ।
यसले एकातिर मुस्लिम आयोगको प्रष्टोक्ती प्रती प्रश्न त उठाएको छ नै जमातीको आधिकारिक तथ्यांकबिना नै यस्तो संवेदनशील विषयमा हचुवामा कसरी निर्णय भयो भन्ने प्रश्न पनि उठेको छ । आयोगको सर्वपक्षीय बैठकले सर्वपक्षीय छलफलले मस्जिद मदरसा रहेका जिल्लामा अनुगमन गर्न प्रतिनिधिमण्डल बनाउने निर्णय भने गरेको छ ।
नेपालमा कोरोना संक्रमित कुल संख्याको ५० प्रतिशत भन्दा धेरै जमाती हुँदा हुँदै पनि आयोगले प्रमाणित तथ्यलाई अस्वीकार गरेर आफ्नो विश्वसनीयता माथी नै आलोचकलाई आलोचना गर्ने अवसर पनि प्रदान गरेको छ ।




















प्रतिक्रिया