Logo

सूचना/प्रविधि

अबको तीन दिनसम्म मौसममा बदली



अबको तीन दिनसम्म देशका धेरै ठाउँमा मौसम बद्ली हुने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावले मौसम बद्ली भए पनि तत्काल पानी नपर्ने मौसमविद् प्रतिभा मानन्धरले बताईन।

अस्ति बेलुकादेखि देशको पश्चिमी भू-भाग हुँदै वायु प्रवेश गरेको मौसमी प्रणालीले उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिजो सामान्य पानी र हिउँ परे पनि अब वर्षाको सम्भावना कम रहेको मौसमविद् मानन्धरले बताईन् । 

देशका धेरै ठाउँको मौसम बद्ली हुने हुँदा तत्काल तापक्रम नबढ्ने पनि उनको भनाइ छ । आज दिउँसोपछि काठमाण्डौसहित देशका धेरै ठाउँहरुमा दिनभरिजसो नै बादल लाग्ने सम्भावना छ । 

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार ०७:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।