कञ्चनपुरमा एक वृद्धले आफन्त पर्ने १५ वर्षीया किशारीलाई बलात्कारको मुद्दा पैसा लेनदेन गरेर मिलाउन खोजेको खुलेको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नम्वर ११ भुजेलाका ६८ वर्षीय तारा ओझाले बलात्कारको मुद्धा पैसा लेनदेन गरेर मिलाउन खोजेको खुलेको हो ।
उनी अहिले प्रहरी नियन्त्रणमा छन् । उनले किशोरीलाई ५० रुपैयाँ दिएर बलात्कार गरेको र उक्त घटना मिलाउन पीडित किशोरीलाई १० लाख दिन खाजेको खुलेको हो ।
प्रहरीले पीडक पक्षले पीडित पक्षलाई दिएको १० लाखको चेक समेत नियन्त्रणमा लिएको छ । घरायसी कामकाजले किशोरी वृद्धको घरमा गएका वेला सबै गहुँ काट्न गएको मौकामा वृद्धले आफ्नै घरमा आएकी किशोरीलाई बलात्कार गरेको पीडित पक्षको आरोप छ । पीडित पक्षले वृद्ध ओझाका नाममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा किटानी जाहेरी दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।





















प्रतिक्रिया