Logo

कर्णाली प्रदेश

कर्णाली प्रदेशमा शनिबार ४६ कोरोना संक्रमित थपिए



कर्णाली प्रदेशमा शनिबार थप ४६ जना कोरोना संक्रमित थपिएका छन ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अनवेषण केन्द्र र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको प्रयोगशालमा भएको परीक्षणबाट शनिवार ४६ जनामा कोरोना पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये दैलेखका १९, सल्यानका २६ जना र जाजरकोटका १ जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले पुष्टि गरे ।

यससँगै कर्णालीमा संक्रमितको संख्या १२४५ पुगेको छ ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार १६:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।