Logo

प्रदेश

बझाङ पहिरो अपडेट: दुई बालबालिकाको शव भेटियो



बझाङको केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसिमा पहिरा जाँदा बेपत्ता भएका मध्ये दुई बालबालिकाको शव फेला परेको छ। अनुहार नचिनिने अवस्थामा शव भेटिएको स्थानीयले जानकारी दिएका छन् । उनीहरुको पहिचान भएको छ ।

पहिरोमा परि बेपत्ता भएका केदारस्यु–८ मल्लेसका ११ वर्षीय प्रयाग जेठारा र ७ वर्षीय अस्मीता जेठाराको शव फेला परेको हो । बेपत्ता थप पाँचजनाको स्थानीयले खोजी गरिरहेका छन् । घटनास्थलमा प्रहरी भने अहिलेसम्म पुग्न सकेको छैन् ।

खोला किनार भएर जानुपर्ने र खोलामा पानीको बहाव बढी भएकाले घटनास्थलमा प्रहरी पुग्न नसकेको जिल्लाको प्रहरी कार्यालय बझाङले जनाएको छ ।

वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले शुक्रबार राति केदारस्यु गाउँपालिका वडा ८ को मल्लेसका १७ घर बगाएको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार ११:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।