कोरोनाको संक्रमितका दिनहु तीन अंकमा बढिरहदा पनि सरकार र सत्तारुढ दल भने आन्तरिक शक्ति संघर्षमा व्यस्त देखिन्छन । अप्ठ्यारो पर्दा जनतालाई सेवा गछौँ भन्दै मिठो सपना बाढ्ने तर चुनाव जितेर सत्ता सञ्चालन गर्न पुगेका नेताहरु मुलुकको आगो सरी फैलिरहेको कोरोना नियन्त्रणमा संवेदनशील र जिम्मेवार देखिदैनन किन ?
सरकार र सत्तारुढ दलमा नागरिकप्रतिको जिम्मेवारी र संवेदनशीतला हराइसकेको कुरा अहिले दुई सातायता आपसी झगडा, तानातान र कुर्चीको लुकाचुडीले प्रस्ट पार्दछ । यसरी कोरोनाको संक्रमण बढिरहेको बेला सत्तारुढ पार्टीका शीर्ष नेताहरु राजनीति जोड घटाउनमा लाग्नु दुर्भाग्यपूर्ण छ । सरकार जनताको अविभावक हुनु पर्ने हो । तर देशलाई सुरक्षित बनाएर ठूलो क्षतिबाट नागरिकलाई जोगाउने सुवर्ण अवसर पनि यो सरकारले गुमाइसकेको छ ।
देश र नागरिकलाई सरकार चाहिने भनेको संकटको बेलामा नै हो तर नेकपाका नेता देश र जनताको जीवन रक्षाको सोच्नुभन्दा आफ्नै सत्ता लिप्चामा अल्झिरहनु दुखद् पूर्ण छ । यस अगाडि पनि मुलुकमा कारोनाको संक्रमित संख्या बढ्दै जादँ यो सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको तीतो सत्य बिर्सन सकिदैन । अहिले पनि प्रधानमन्त्री र मन्त्रीको ध्यान सरकार जोगाउन मात्र केन्द्रित छ ।
उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीको नेतृत्वमा गठित उच्चस्तरीय संयन्त्रले प्रभावकारी रुपमा काम गर्न सकेको नै छैन । यसको के काम भंग गरिदिए हुन्छ ? लकडाउनमा न त व्यवस्थित क्वारेन्टाइन बन्यो न त पीसीआरमा परीक्षणमा ध्यान दिइयो । सरकारले नीति नै गलत भएपछि महामारी त झन बढ्ने नै भयो । प्रधानमन्त्रीले कोरोना नियन्त्रणमा खर्च भएको १० अर्बको अस्पष्ट र अपूरो हिसाबकिताब दिँदा सडकमा आन्दोलन चर्केकै हो । पछिल्लो समय आरडीटी परीक्षणको विरोध गर्दै शत प्रतिशत पीसीआर विधिबाट कोरोना परीक्षण गरिनुर्दछ भन्ने माग राख्दै युवा अनशनमा छन् तर सरकार भने आरडीटी परीक्षणमा नै लागि रहेका छ । दिन १० हजार जनाको पीसीआर गर्ने घोषणा पनि अधूरै छ । तर सरकार एवम सत्तारुढ दल भने आफ्नै पार्टीको किचलो र सत्ता लिप्सा व्यस्त छ सरकारको संवदेनहिनता कहिलेसम्म ?
















प्रतिक्रिया