Logo

मनोरञ्जन

कोरोनाका कारण रोकिएको ‘नेपाल आइडल ३’ साउन पहिलो सातादेखि सुचारु हुने



नेपालको गायन रियालिटी सो ‘नेपाल आइडल ३’ साउन पहिलो सातादेखि सुचारु हुने भएको छ । विश्वव्यापी स्वास्थ महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण चैत महिनाको पहिलो साताबाट यो सो स्थगित भएको थियो ।

नेपाल आइडलका निर्देशक सुरेश पौडेलका अनुसार ‘सोलाई केही फरक तरिका सहित लैजाने तयारी भएको छ । अहिलेको कोरोना संक्रमण हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै कसरी सञ्चालन गर्ने भन्ने विषयमा गृहकार्यमै रहेका छौँ ।’ उनले भने ।

‘नेपाल आइडल ३’ रोकिनु अगाडि उत्कृष्ट १० बाट बाहिरिएका प्रतिस्पर्धीले वाइल्ड कार्ड इन्ट्रीका लागि प्रतिस्पर्धा गरेका थिए । वाइल्ड कार्ड इन्ट्रीका लागि मेघा श्रेष्ठ, किरण भुजेल, ममता गुरुङ, रचना रिमाल र मिङ्मा लामाले आ-आफ्नो प्रस्तुति दिएका थिए ।

प्रवीण बेडुवाल, केभिन तामाङ, नेसन मगर र सज्जा चौलागाईं भने उत्कृष्ट चारमा प्रवेश गरेका छन् । वाइल्ड कार्ड इन्ट्रीबाट एकजना पुनः प्रवेश गरेपछि पाँच जनाबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

न्ह्यू बज्राचार्य, कालिप्रसाद बाँस्कोटा र इन्दिरा जोशी निर्णायक रहेको ‘नेपाल आइडल सिजन ३’ का बिजेताले ५० लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । फस्ट रनरअपले १० लाख र सेकेन्ड रनरअपले ५ लाख नगद पुरस्करका साथै वर्ड टुरको अवसर समेत पाउने छन् ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार १६:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।