सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीका तीन मन्त्रालय र प्रदेश भवन अगाडि शंकास्पद वस्तु फेला परेको छन्।
प्रदेश सरकारका ती मन्त्रालय र प्रदेशसभा भवन नजिक कुकुरबम जस्तै देखिने वस्तु फेला परेका हुन्।
कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक बिस्टले आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय र प्रदेश सभा भवन नजिक बम जस्तै देखिने शंकास्पद वस्तु फेला परेको हो । बम किन कसले राख्यो भनेर अहिलेसम्म खुल्न सकेको छैन ।
प्रहरीको डिस्पोजल टोली उक्त घटना स्थलमा पुगिसेकको उक्त क्षेत्रलाई सिल गरिएको प्रहरीले जनाएको छ ।
आज नेत्र बिक्रम चन्द नेतृत्वको नेकपाले सुदूरपश्चिम बन्दको घोषणा गरेको थियो ।
आफ्ना कार्यकर्तालाई विना कारण पक्राउ परेको भन्दै चन्द समूहले बन्दको घोषणा गरेको थियो ।





















प्रतिक्रिया