अमेरिकमा पुन आणविक बम बनाउन सुरु गरेको छ । अमेरेकिलो आागामि १० वर्षमा यसको औधोगिक उत्पादनमा जुटेको हो । पछिल्लो समयमा अमेरिकसँग ची र रुसबी शीत युद्ध चलिरहेको छ । जसका लाउगिअमेरिकाले आगामि १० वर्षमा यसको औगोधिक उत्पादमा ७० हजार करोड खर्च गर्ने प्रस्ताव गरेको छ ।
यसको उत्पादन अमेरिकाको क्यारोलिनास्थित सवाना नदीको किनारमा रहेको कारखाना र न्यु मेक्सिकोको लस अल्मोसमा हुने जनाइएको छ ।
अमेरिकाले यसभन्दा पहिला पनि सोहीस्थानमा बम बनाउने गरेकाो थियो ।
त्यसबेला २ लाख एकडमा फैलिएको यस कारखानामा हजारौं व्यक्तिले काम गरेका थिए । अहिले त्यहाँबाट निकै धेरै रेडियोधर्मी तरल पदार्थ (फोहोर) संकलन गरिएको छ ।
अमेरिका र रसिया ९रुस०को शीतयुद्धपछिको ३० वर्षपछि फेरि यहाँ आणविक हतियार उत्पादन गर्न लागिएको हो । अमेरिकी संस्था नेशनल न्यूक्लियर सेक्युरिटी एडमिनिस्ट्रेशन (एनएनएसए) जो अमेरिकाको ऊर्जा विभागको एक अंग समेत हो ले त्यहाँ आणविक हतियार निर्माणको काम सुरु गरेको हो । उक्त संस्थाले अहिले भएका आणविक हतियार निकै पुराना भैसकेको जनाउँदै ती हतियारलाई प्रतिस्थापन गर्ने तयारी गरेको छ ।
उक्त संस्थाले नयाँ प्रविधि बढी सुरक्षित हुने विश्वास व्यक्त गर्दै हतियार निर्माणको काम सुरु गरेको छ । तर उक्त संस्थाले थालेको कामबाट भने त्यहाँका स्थानीय वासिन्दामा त्रास उत्पन्न भएको छ । यदि आणविक हतियार निर्माणको काम सुरु भएमा मानिसहरु विकिरणको चपेटामा पर्न सक्ने उनीहरुको प्रतिक्रिया रहेको छ ।
अघिल्ला राष्ट्रपति बाराक ओबामाको कार्यकालमै अमेरिकी कंग्रेस उक्त कारखानामा आणविक हतियार निर्माणको काम सुरु गर्न सहमत भएको थियो । पछि सन् २०१८ मा राष्ट्रपति डोनाल्ड ट्रम्पले यो योजनालाई अनुमोदन गरेका थिए । यो कारखानमा प्लुटोनियमका बलहरु निर्माण गरिनेछन्, जसले आणविक हतियारहरुमा ट्रिगरको रुपमा काम गर्दछ । ती वार्षिक रुपमा ८० ओटा निर्माण गर्ने लक्ष्य राखिएको छ ।
स्टकहोम इन्टरनेश्नल पिस रिसर्च इन्स्च्यिुटका अनुसार अमेरिकासँग अहिले ७ हजार ५ सय ५० वटा आणविक हतियार रहेका छन् । उसले १७ सय ५० वटा आणविक बमहरु मिसाइल र र बमवर्षक विमानमा तैनाथ गरेको छ । यीमध्ये १ सय ५० आणविक बम युरोपमा तैनाथ छन्, ताकि रुसलाई निगरानी गर्न सकियोस् । (दैनिक भाष्कर
















प्रतिक्रिया