Logo

प्रमुख समाचार

जिल्ला कारागार बाँकेका १३ जना कैदीले कोरोना जिते



पछिल्लो समयम कोरोना भाइरस संक्रमणले फ्रन्ट लाइनमा रहेकाहरुलाई मात्र नभई कैदीवन्दीहरुलाई समेत कोरोना संक्रमणले प्रभावित पारिरहेको छ । सोहि अवसरमा जिल्ला कारागार बाँकेमा रहेका १३ जना कैदीबन्दीहरुले कोरोना भाइरस संक्रमणलाई जित्न सफल भएका छन् ।

बाँके जिल्ला कारागारका १३ कैदी कोरोना संक्रमणमुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिएका छन्‌। कोरोना जितेका कैदीलाई आजै कारागारमा ल्याइने भएको छ।

खजुरास्थित कृषि बिकास तालिम केन्द्र आइसोलेशनमा रहेका दुई महिलासहित १३ जना डिस्चार्ज हुन लागेको श्रेष्ठले बताए। यो सँगै बाँकेमा कोरोना जित्नेको संख्या ४६८ पुगेको छ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलवार १०:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।