समाजमा कयौं प्रकृतिका मान्छेहरु हुन्छन् । जसकोे आ आफ्नै गुण र दोष हुने गर्छ । समाजमा कोही मै खाउँ मै लाउँ मोज मस्ती मै गरु भन्ने स्वभावका पनि हुन्छन् । समाजमा विभिन्न वर्ग, संस्कार र संस्कृति सहितको विधिधताकै कारण समाजको अस्तीत्व रहन्छ । जसले जीवन र जगतलाई नजिकबाट निहाल्छ । उसले आफ्ना व्यक्तिगत इच्छा आकांक्षाहरुलाई तिलाञ्जली दिदै समाजका सम्पूर्ण वर्ग,विचारको भेद नगरि एकरुपतामा बुझ्ने गर्छ ।

त्यस्तै स्वभाव भएकी एक उदायमान परोपकारी मन भएकी रिता शाही ऋतु पछिल्लो समय सामाजिक अभियानमा सक्रिय बन्दै गइरहेकी छिन् । सानै देखी बाल समूह,किशोरी समूहको नेतृत्व लिदैं हाल आफ्नो सम्पूर्ण जीवन समाज सेवामा व्यत्तित गर्नुपर्छ भन्ने मान्यता सहित अघि बढेकी शाही भन्छिन्, समाजमा धेरै दुखी, विरामी, असाहाय,वृद्ध, रोगीहरु छन् । उनीहरुलाई अलिकति सहयोग गर्न सक्दा पनि मन हर्षित हुन्छ ।

साहित्यक, कला र स्वास्थ्य क्षेत्रमा योगदान गर्दै आएकी ऋतु नेपालमा कोभिड-१९ को महामारीसँगै आएको संकटका बीच पनि थुप्रै असाहाय, गरिव निमुखाहरुलाई राहत साम्रगी वितरण गरिन् । प्रदेशमा रहेका मनकारी व्यक्तिहरुसँग पहल गरि मानव विकास सुचकांकको पुछारमा पर्ने बाजुराका थुप्रै वस्तीहरुमा पुगेर राहत साम्रगी वितरण गरेकी छिन् । अल्पवृष्टि, अनावृष्टि र अतिवृष्टिको मार खेपिरहेको बाजुरामा हालै बिनासकारी बाढी पहिरोका कारण थुप्रै समुदायका मानिसहरु पालमुनि बास बस्न बाध्य बनेका छन् ।

खाध्यान्नको अभाव समेत भइरहने बाजुरामा शाहीले अमेरिका, बेलायत लगायत खाडीमा बस्ने नेपाली मनहरुसँग सहयाेगकाे लागि अनुरोध गर्दै राहत साम्रमी वितरण गरेकी छिन् । बाढीबाट पीडित बनेका बडिमालिका नगरपालिका २ घागरका ५ र १ पीनालेखका १ गरी ६ परिवारलाई सामाजिक अभियान्ता रिता शाहीको पहलमा राहत सहयोग गरिएको छ । प्रवासमा बस्ने समाज सेवी इशा गुरुग, रिता कार्की र हेम थापाले पीडितका लागि पठाएको रकमबाट राहत सामाग्री खरिद गरि सम्बन्धीत स्थानमा पुगेर हस्तान्त्रण गरिएको छ । घर नै गुमाएर पालको साहरामा दिन बिताउन बाध्य परिवारलाई नै भेटर राहत सहयोग गरिएको सामाजिक अभियान्ता रिता शाहीले बताएकी छन् ।

राहत जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकायाको हातबाट हस्तान्त्रण गरिएको हो । राहत स्वरुप प्रति परिवारलाई एक बोरा चामल, बलाङ्केट, विस्कुट, साबुन, भुजा सहीतका खाद्यन्न तथा सरसफाइ सामाग्री सहयोग गरिएको छ ।
विकट जिल्लामा महिला चुल्हो र्चौकामा मात्र सिमित छन् । समाजमा महिला भएर काम गर्न निकै कठिन छ । कुरा काट्ने पुरुषहरुको पनि कमी छैन । तर आफूले कुरा काट्नेहरुको कुनै प्रवाह नगरि निरन्तर सामाजिक अभियान्ताको रुपमा लागिरहने शाहीको भनाइ रहेको छ । राजनीतिमा समेत महिला वर्गहरुलाई निकै विभेद छ । योग्य र दक्ष महिलाहरु कमै छन् । समाज बदल्न र पृती सतात्मक सोच बदल्न पनि अब महिलाहरुले हरेक क्षेत्रमा महिलाहरुको उपस्थितका लागि सक्रिय बन्नु पर्नेमा अरु महिलाहरुलाई समेत सुझाव दिइरहेको बताउँछिन् ।





















प्रतिक्रिया