Logo

प्रमुख समाचार

अछाममा भिषण बाढी-६ जनाको शव भेटियो, दर्जनौं वेपत्ता



अविरल वर्षासँगै आएको बाढीका कारण अछाम जिल्लामा दर्जनौं घर बगाएको छ । बाढीका कारण दर्जर्नाै व्यक्तिहरु वेपत्ता भएका छन् भने ६ जनाको शव फेला परेको छ ।

बाढीले घर, खेत र पुल बगाएको छ । जिल्लाको रामारोशन गाउँपालिकामा अहिले सम्म ६ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरिक्षक योगेन्द्रसिंह थापाका अनुसार ४ जनाको शव बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नाको कोसेडा क्षेत्र र २ जनाको शव मंगलसेन नगरपालिका(३ रलेको लमतणा र सेरीमा भेटिएको छ ।

त्यस्तै कैलाश खोलाको पक्की पुल बगाएको छ भने, पुल नजिक रहेका पसलहरु समेत बगाएको छ । कर्याै व्यक्तिहरु बाढीमा परि वेवत्ता भएका र उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार १०:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।