Logo

प्रमुख समाचार

बाजुरामा पहिरोमा परि दुई जनाको मृत्यु, दुई घाइते



अविरल वर्षासँगै आएको पहिरोमा परि बाजुरामा दुई जनाको मृत्यु भएको छ । गए राति अविरल वर्षासँगै आएको पहिरोले बगाउँदा बुढीनन्दा नगरपालिका वडा नम्बर ६ की ५५ वर्षीया भिनु ल्वार र खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ५ की ३ वर्षीया सनिका बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै पहिरोमा परि खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ५ की ५ वर्षीया बालिका विनिता बुढा र ६० वर्षीया नन्दा बुढा घाइते भएका छन् ।  बाढीका कारण साँफे मार्तडी सडकखण्ड पूर्ण रुपमा अवरुद्ध बनेको छ ।

त्रिवेणी नगरपालिका अन्तरर्गत मौरेमा रहेको शिवालय समेत बगाएको स्थानीयले बताएका छन् । यस अघिको बाढीले साँफे मार्तडी सडकखण्ड अन्र्तगतको ताँप्री सेराको पक्की पुल, जडागांमा रहेको बेलिब्रिज बगाएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार १०:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।