Logo

गण्डकी प्रदेश

कोरोना कारण पोखरामा ३२ वर्षीया महिलाको मृत्यु



कोरोना भाइरस संक्रमणबाट पोखरामा ३२ वर्षीया एक महिलाको मृत्यु भएको छ । विहिबार बिहान पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड–१९ उपचार केन्द्रको आईसीयूमा उपचार गराइरहेकी उनको कोरोनाका कारण निधन भएको हो

पोखरा महानगरपालिका–११ घर भएकी उनलाई भाद्र सात गते प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । ती महिलामा कुनै दीर्घ रोग नभएको अस्पतालका निर्देशक डा.अर्जुन आचार्यले बताएका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार १०:४१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।