Logo

प्रमुख समाचार

कांग्रेसकाे पहलमा डडेल्धुराका पहिरोबाट पीडित परिवारलाई राहत वितरण



नेपाली काँग्रेस डडेल्धुराले जिल्लाको आलिताल गाउँपालिका स्थित बलौचा, ओबा, ऐरानी, धुपखेडा र खिन्नेभाडी गाउँका पहिरो पीडितलाई राहत वितरण गरेको छ।

चुरे श्रृंखला क्षेत्रबाट खसेको पहिरोका कारण आलिताल गाउँपालिकाको वडा नम्बर ७ का बलौचा, ओबा, ऐरानी, धुपखेडा र खिन्नेभाडीका ३५ परिवार बिस्तापित भएका थिए। बुधबार ती सबै परिवारलाई कांग्रेस डडेल्धुराले संचालन गरेको एनडी प्रकाश आपतकालिन चुलोले राहत स्वरुप खाद्यान्न सामग्री सहयोग गरेको छ।

डडेल्धुरा काँग्रेस जिल्ला सभापति एबं प्रदेशसभा सांसद कर्ण मल्लको अगुवाईमा सुदुरपश्चिममा प्रजातन्त्रको जग निर्माता,कांग्रेस संस्थापक नेता एनडि प्रकाश चटौतका नाम बाट आपतकालीन भोजन चुलो नाम दिई समस्यामा परेकाहरु लाई खाना खुवाउने अभियान संचालन थालिएको थियो । अभियानले लकडाउनको अबधिभर साडे नौ हजार जना लाई खाना खुवाईएको थियो ।

डडेल्धुरा काँग्रेसले विस्थापित परिवारलाई प्रति परिवार २५ किलो चामल, २ किलो दाल, १ लिटर तेल र १ किलो नुन गरी ९ क्विन्टल चामल ७० के जि दाल ३५ लिटर तेल , ५ पेटी चाउचाउ , २० पिस माक्स वितरण गरेको हो ।

राहत सामग्री नेपाली कांग्रेसका कार्यवाहक सभापति करुणाकार भट्टले गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङलाई हस्तान्तरण गरेको कार्यालय सचिव राम विष्टले बताए।

प्रदेश सांसद कर्ण मल्लले लकडाउन अवधिभर हामिले समस्यामा परेका र क्वारेन्टाइनमा रहेका करिव साडे नौ हजार जनालाई खाना खुवाएर मानवसेवामा जुट्यौ र अहिले पनि हामीले पहिरोवाट बिस्थापित परिवारलाई एनडिप्रकास आपतकालिन चुलो मार्फतनै राहात बितरण गरेका छौ । हामि मानवसेवा र समाजेसवा निरन्तर क्रियासिल रहदै जनताका पिडामा सधै साथमै रहने र डडेल्धुराका जनताप्रति उत्तरदायी रहने समेत बताए ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार १२:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।