Logo

गण्डकी प्रदेश

गण्डकी प्रदेशका डिआइजी अर्याललाई कोरोना पुष्टि



गण्डकी प्रदेशका डिआइजी घनश्याम अर्याललाई कोरोना संक्रमण पुष्टि भएको छ ।कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब परीक्षण गर्दा उनलाई कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।

डिआइजीको बिहिबार स्वाब संकलन गरिएको थियो । उनीसँगै अर्का प्रहरी अधिकारीलाई समेत कोरोना संक्रमण देखा परेको स्रोतले जनाएको छ । उनको अवस्था सामान्य छ। उनी आफ्नै निवासमा आइसोलेसनमा बसेका छन्।

प्रकाशित मिति : २१ भाद्र २०७७, आईतवार १३:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।