Logo

मनोरञ्जन

गायक निशान भट्टराईले गरे कानुनी विवाह



गायक निशान भट्टराईले विवाह गरेका छन् । श्रीकृष्ण जन्माष्टमीको अवसरमा मंगलवार निशानले प्रेमिका ऋचा न्यौपानेसँग कानुनी विवाह गरेका हुन् । काभ्रेको धुलिखेलस्थित जिल्ला अदालतमा यी दुईको विवाह भएको हो ।नेपाल बार एशोसियसनका पूर्व अध्यक्ष अधिवक्ता रमेश हुमागाईले निशानको विवाह गराएका हुन् ।

नेपाल आइडलको पहिलो सिजनमा दोस्रो भएका निशान गएको दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए । निशानले प्रेमिका न्यौपानेसँग ‘लाहुर जाने रेल’ बोलको गीतमा अभिनय गरीसकेका छन् । कानुनी विवाहपश्चात उनीहरुले विवाहको प्रमाणपत्र ग्रहण गरेका थिए ।

पछिल्लो समयमा गायक निशान भट्टराइ नेपाली चलचित्रको सांगीतिक आकाशमा चम्किएका छन् । उनले, स्वर भरेको ‘के माया लाग्छ र’ बोलको गीत पनि अहिले सर्वाधिक चर्चामा छ । प्रेमिका ऋचा न्यौपानेले केहि समय अगाडिमात्र आफ्नो टिकटकमा गायक भट्टराईसँगको भिडियो अपलोड गरेकी थिइन् ।

 

 

 

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार २३:१६   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।