खल्ती र पिइए एसोसिएनबीच शुल्क भुक्तानी गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार इन्जिनियरिंगको इन्ट्रान्स तयारी गर्ने विद्यार्थीले पिइए एसोसिएसनको शुल्क खल्तीडिजिटल वालेटबाट तिर्न सक्ने भएका छन् ।
खल्तीका ग्राहकले खल्ती बजारमा रहेको पिइए एसोसिएसनको मेनुमा ट्याप गरेर शुल्क भुक्तानी गर्न सक्नेछन्। यस्तै पिइएको वेवसाइटबाट पनि विद्यार्थीले यो सुविधाको उपयोग गर्न सकिने छ ।
पिइएका सूचना प्रविधि अधिकृत आर्जन बास्कोटाले पिइएले इन्जिनियरिंग पढ्न चाहने विद्यार्थीहरूलाई प्रवेश परीक्षा तयारमा सघाउँदै आएको बताए । इन्जिनियरिंग अध्ययन संस्थामा आवद्ध व्यवसायिक व्यक्तित्वहरूबाट सन् १९९४ मा स्थापित पिइए ८५ शिक्षक र ३८ जना कर्मचारीसहित आफ्नै भवनमा संचालित रहेको पिइएका सूचना प्रविधि अधिकृत आर्जन बास्कोटाले जानकारी दिए । ‘खल्ती डिजिटल वालेटबाटै विभिन्न शुल्क तिर्न सक्ने भएपछि विद्यार्थीलाइ पिइएको सुविधा लिन निकै सहज हुने छ,’ उनले भने ।
संस्थामा खल्तीमार्फत अनलाइन कक्षा, पुस्तकलगायतका सामग्रीहरू, परीक्षा र अग्रिम बुंकिंगको शुल्क तिर्न सकिने व्यावस्था रहेको छ ।
खल्तीवालेटको प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ ।
अहिले खल्तीका प्रयोगकर्ताहरुको संख्या १३ लाखभन्दा बढि छ ।
कसरी डाउनलोड गर्ने खल्ती एप ?
खल्तीएप गुगल प्ले, एप स्टोर र खल्ती डटकम वेवसाइटबाट डाउनलोड गरि उपलब्ध सबै सेवाहरुको अनलाईन भुक्तानी गर्न सकिन्छ ।





















प्रतिक्रिया