Logo

अनलाइनपाना खोज

युनिटी लाईफको सामान कब्जा गरेर ग्रिनसिटी अस्पताल



बिरामीहरुलाई ब्लाकमेलिङ गरेर चर्को रकम असुलेर बिवादमा आएको ग्रिनसिटी अस्पताल सञ्चालनको श्रोत समेत बिवादमा तानिने देखिएको छ । बहुचर्चित युनिटी ठगी काण्डका समेत एक नाईकेका रुपमा पक्राउ परेपछि मोटो रकम धरौटी बुझाएर रिहा भएका आफूलाई एल.बि. का रुपमा परिचय गराउँने लोक बहादुर टण्डन अध्यक्ष रहेको यस अस्पतालमा युनिटीकै सामानहरु प्रयोग गरिएको रहस्य खुलेपछि सम्पत्तिको श्रोत बिवादमा तानिने देखिएको हो ।

युनिटी लाईफमा टण्डनको सहकर्मी रहेका व्यक्तिहरुले युनिटी लाईफ अस्पतालको सामानहरु कब्जा गरेर ग्रिनसिटी अस्पताल सञ्चालन गरिएको आरोप लगाएका छन् । आवश्यक परे सम्पूर्ण प्रमाण दिन समेत आफू तयार रहेका ती उनका पूर्व सहकर्मीले टण्डनले षड्यन्त्रमुलक तरिकाले युनिटी लाईफ अस्पतालको सामान हडपेर ग्रिनसिटी सञ्चालन गरेको बताए ।

पहुँच देखाउँन ठुलाको आड

त्यसो त आफ्नो पहुँच देखाउँन अध्यक्ष टण्डन जस्तोससुकै हतकाण्डा अपनाउँन पनि तयार हुन्छन् । यसको पछिल्लो उदाहरण उनले प्रहरी महानिरिक्षक शैलेश थापासँगको तस्वीर सार्वजनिक र बिवाद प्रकरण पनि हो । जब थापा प्रहरी महानिरिक्षक भए तब टण्डनले थापालाई बधाई दिएको भन्दै सँगै उभिएको फोटो सार्वजनिक गरे । प्रहरीको वर्दीमा दाग लाग्न दिन्न भनेका थापाले ठगी प्रकरणमा मुछिएका बिवादित व्यक्तिलाई भेटेको भन्दै खुबै आलोचना भयो ।

अझै पनि युनिटीकै भोक

युनिटी लाईफ नामक कम्पनीमा नाईके बनेर ठगी प्रकरणमा संलग्न भई पक्राउ परेर रिहा भएपछि टण्डनले ठगीको नयाँ उपाय निकाले । विभिन्न प्रलोभनमा युनिटीबाट ठगिएका व्यक्तिहरु युनिटीमा फसेको आफ्नो रकम उठाउँन पाउँनु पर्छ भन्दै रोई रहेको देखेपछि त्यही आँसुमा खेल्नको लागि टण्डनले नयाँ षड्यन्त्र गरे ।

अनि युनिटीलाई राम्रो देखाउँन पहिले युनिटीकै नाईकेहरुले सञ्चालन गरेको युनिटी लाईफ अस्पताललाई पुनः सञ्चालन गर्ने योजना बनाए । विभिन्न नाईकेहरु बिरुद्ध जिल्ला जिल्लामा मुद्धा परेपछि उनले त्यो अस्पताल सञ्चालन गर्न त्यति सजिलो थिएन । त्यसैले उनले जनयुनिटी अस्पताल सञ्चालनको तयारी गरे तर त्यो पनि सम्भव नभएपछि भने उनले ग्रिनसिटी नामको बोर्ड राखेर युनिटीकै सामानहरुमा अस्पताल सञ्चालन गरेर बिरामीहरुको स्वास्थ्यमा गम्भीर बिवादित काम गर्दै आएका छन् । युनिटीको सम्पत्तिमा मस्ती गर्न पाएका टण्डनले लुटको धनमा फुपूको श्राद्ध गरिरहेको टिप्पणी आम मानिसहरुले गर्ने गरेका छन् ।

ग्रिनसिटी अस्पताललाई कडा कारवाही गराई छाड्ने समितिका संयोजक खकुरेलको अठोट (भिडियो सहित)

ग्रिनसिटी अस्पतालको चरम ठगीको अर्को पर्दाफास, मानव मृत्युको कारखानामा किन जाने ? (भिडियो)

ग्रिनसिटी अस्पताल प्रकरण-बीचबाटो बाटै अपहरण हुन्छन् विरामी

ग्रिनसिटी ठगि प्रकरण- बिरामीलाई बिल नदिई मोटो रकम अशुलेको खुलासा

लुट र मृत्युको अखडा ग्रिनसिटी अस्पताल !

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार १९:२६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।