Logo

विविध

सम्वेदनशील अंगमा हानेर आफ्नै साथीको हत्या गर्ने ५ जना पक्राउ



आफ्नै साथीलाई सम्वेदनशील अंगमा प्रहार गरेर हत्या गर्ने पाँच जनालाई प्रहरी पक्राउ गरेको छ । सुनसरीका गुणराज यादवको हत्यामा संलग्न ५ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गर्न सफल भएको हो ।

गत ३१ गते भोक्राहा गाउँपालिका ७ का यादवको प्लाष्टिकको बोराभित्र शब फेला परेको थियो ।२९ गते मृतक गुणराज घरबाट मोबाईल पसलमा काम छ भनी निजको साथी शिव कुमार मेहतासंग इनरुवा बजार गएको सुनसरी प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

सँगै साथीहरूसँग रक्सी खाएका यादवलाई साथीहरूले संवेदनशील अंगमा लात्ताले पटक–पटक हानेको अनुसन्धानबाट खुलेको छ । घरदेखि तीन सय मिटर पर घन्सी बारीमा लुकेर बसेका पप्पु राम, दीपक यादव, प्रदीप राम, शिव कुमार मेहता र दिनेश मेहताले कुटपिट गरेको सुनसरी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दिनेश मेहताले नजिकै रहेको गोरू गाडामा लगाएको बाँस ल्याई मृतकको टाउकोमा प्रहार गरेको खुलेको छ ।

शिव कुमार मेहताले नजिकै रहेको गोरु गाडामा वाधिएको नाईलनको डोरी ल्याई मृतकको घाँटीमा समेत बाँधेको र प्रदीप राम, पप्पु राम र दीपक यादव मिलेर मृतकको हात तथा खुट्टा बाँधेर विभत्स हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार २०:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।