Logo

प्रमुख समाचार

मुख्यमन्त्री के.सीलाई मिल्यो विश्वासको मत



लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद के.सी.ले प्रदेशसभा बैठकबाट विश्वासको मत लिएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको बहिष्कारका बाबजुत मुख्यमन्त्री केसीले विश्वासको मत पाएका हुन् ।

सोमबार प्रदेशसभामा विश्वासको मत लिँदा केसीका पक्षमा ४२ सांसदले मत दिए। सभामुखसहित ४३ जना उपस्थित बैठकमा १ जना तटस्थ बसे ।

एमालेले सभा बहष्कार गरेका कारण विपक्षमा भने शून्य मतदान भयो । ८० सदस्य रहेको प्रदेशसभामा बहुमतका लागि ४१ मत चाहिन्छ ।

केसीलाई माओवादी केन्द्रसहित नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र जसपाका सांसदले मत दिए । गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेका केसीले आधा कार्यकालपछि सत्ता नेपाली कांग्रेसलाई सुम्पने सहमति गरेका छन् ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार १७:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।