नेकपा (एमाले) का सचिव भिम आचार्यलाई प्रदेश १ को मुख्यमन्त्री नियुक्त गर्ने तयारी भइरहेका बेला उनका भाइ राम आचार्य भने मृत अवस्थामा भेटिएका छन् । आचार्य आफ्नै घरमा मृत अवस्थामा भेटिएका हुन् ।
सुनसरीको इनरुवा नगरपालिका–३ स्थित आफ्नै घरभित्र शव भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कोठाको ढोकाको चुक्कल भित्रबाट लगाइएको थियो । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।
५९ वर्षिय राम आचार्य भिम आचार्यका कान्छा भाइ हुन् । उनी उच्च रक्तचाप र मधुमेहका साथै डिप्रेसनबाट समेत पिडित रहेको बताइएको छ । उनी नेकपा एमालेका पहिलो इनरुवा नगर कमिटी सचिव र इन्सेकको मानवअधिकार वर्ष पुस्तक प्रतिनिधिसमेत भएका थिए ।
प्रदेश १ को मुख्यमन्त्रीमा आजै भिम आचार्यले सपथग्रहण गर्ने कार्यक्रम छ । उनलाई एमालेले संसदीय दलको नेता चयन गरिसकेको छ ।




















प्रतिक्रिया