श्रीकृष्ण जन्माष्टमी को अवसरमा सरकारले सार्वजनिक बिदा दिने भएको छ । यही भदौ १४ गते हिन्दुहरुको महान पर्व श्रीकृष्ण जन्माष्टमी परेकाले त्यस दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको नेपाल सरकार गृहमन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयले आज सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद् बैठकको निर्णयानुसार मुलुकभर नै उक्त दिन सार्वजनिक बिदा दिइएको जनाएको छ । यस बर्ष झैँ अघिल्ला बर्षहरुमा पनि जन्माष्टमीका दिन बिदा दिने व्यवस्था गरिएको छ।





















प्रतिक्रिया