Logo

प्रमुख समाचार

सुदुर पश्चिममा माधव पक्षका ३ सांसद अपहरण !



सुदुर पश्चिम प्रदेशमा एमाले छोडेर माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा खुलेका प्रदेशसभाका ३ सांसद सम्पर्कविहीन भएका छन् । सनाखतका लागि निर्वाचन आयोगतर्फ जाँदैगर्दा आधा बाटोबाटै ३ जना सांसद सम्पर्कविहीन भएका हुन् ।

सम्पर्कविहीन हुनेमा तारा लामा तामाङ, कुलवीर चौधरी र अर्चना गहतराज रहेका छन् । उनको खोजीमा समाजवादीतिर लागेका भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारी लागेका छन् । एकिकृत समाजवादीका नेताहरुले भने एमालेका नेताहरुले आफू पक्षीय ३ जना सांसदको अपहरण गरेको आरोप लगाएका छन् ।

तीन हराएपछि १० जनाको मात्र सनाखत

नेकपा (एकिकृत समाजवादी) मा खुलेको सनाखत पत्र तयार गर्दासम्म १३ जना सांसद रहेकामा बीच बाटोबटै ३ जना सांसद गायव भएपछि प्रदेश सभाका १० जना सांसद नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् ।

समाजवादीमा खुलेका १३ सांसदमध्ये १० जनाले सनाखत गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीको नेतृत्वमा एमालेका १३ जना सांसद माधव नेपाल नेतृत्वको नेकपा (एस) तिर खुलेका छन् । तर सनाखतका लागि निर्वाचन कार्यालय जाँदै गर्दा दुईजना सांसद बाटोबाटै सम्पर्कविहीन भएका थिए । उनीहरुको खोजी भइरहेको सोडारीले बताएका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलवार १८:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।