विराटनगर । प्रदेश नं. १ मा नयाँ सरकार बनेको हप्ता दिन नबित्दै विश्वासको मत नपाउने अवस्थामा पुगेको छ । शेरधन राईलाई राजीनामा गराएर भीम आचार्यलाई मुख्यमनत्री बनाउदा सरकार जोउन सकिन्छ भन्ने एमालेले गरेको प्रयासका बावजुत आचार्यको सरकारलाई सहजै गिराउने गरी (एकीकृत समाजवादी)को पक्षमा १० जना सांसदको हस्ताक्षर सनाखत गराउन माधव नेपाल नेतृत्वको पार्टीका सांसदहरु सफल भएसँगै एमाले नेतृत्वको सरकार ढल्ने अवस्थामा पुगेको हो ।
प्रदेश सांसद राजेन्द्र राईको नेतृत्वमा बुधबार १० सांसद छुट्टिएपछि पदबाट राजीनामा नदिने अडान लिएका मुख्यमन्त्री आचार्य स्पष्ट अल्पमतमा छन् । आचार्यको राजीनामा नदिने अभिव्यक्ति पछि सांसद राईले आचार्यले राजीनामा नदिए अविश्वासको प्रस्ताव दर्ता गरेर सरकार अपदस्त गर्ने बताएका छन् । उनले सरकारको नेतृत्वको दाबीको कुरा नभए पनि प्रतिगमनविरुद्ध लागेका गठबन्धनबीच आगामी चुनावसम्म पनि सहयात्रा गर्नुपर्ने अवस्था रहेको भन्दै सल्लाहबाटै अघि बढ्ने र सरकारका लागि मरिहत्ते नगर्ने पनि जानकारी दिए ।
प्रदेश निर्वाचन कार्यालय विराटनगरमा एमालेबाट नेकपा (एकिकृत समाजवादी) मा दल परिवर्तन गरेको सनाखत गरेपछि संचारकर्मीहरूसँग प्रतिक्रिया दिँदै सांसद राईले एमाले छाड्नुपर्दा आफूलाई प्रिय नलागेको समेत बताए । उनले आफूहरुलाई केपी ओलीले कारबाही गरेर निकालेका कारण पलायन हुनुभन्दा अर्को पार्टी गठन गरेर अघि बढ्न उपयुक्त लागेको प्रष्टिकरण दिए । सांसद राईले वर्तमान मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परिसकेकोले राजिनामाको माग गरे । उनले राजीनामा नदिए केहि दिनभित्रै गठबन्धनको तर्फबाट अविश्वास प्रस्ताव पेश गरिने चेतावनी दिए ।




















प्रतिक्रिया