Logo

प्रमुख समाचार

प्रधानमन्त्री देउवाकै जिल्लामा भाडभैलो, जिल्ला सभापतिले अधिवेशन रोकेपछि निर्वाचन समितिको आपत्ति



नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा पार्टीको अधिवेशन रोकिएपछि तीब्र विवाद उत्पन्न भएको छ । देशव्यापी रुपमा वडा तथा जिल्लाहरुको अधिवेशन गर्दै केन्द्रीय महाधिवेशनको बातावरण बनि रहेका बेला सभापतिकै जिल्लाको अधिवेशन अनिश्चित बनेको हो ।

अधिवेशनको लागि जिल्लामा खटाइएका निर्वाचन अधिकृत लोकेन्द्र बहादुर बम र कांग्रेसका जिल्ला सभापति कर्ण बहादुर मल्ल बीचको बिवादका कारण जिल्लाको अधिवेशन रोकिएको पाइएको छ । निर्वाचन समितिले भदौ २५ गतेका लागि वडा अधिवेशन गर्ने गरी तालिका सार्वजनिक गरेकोमा सभापति मल्लले अधिवेशन स्थगित गरेपछि बिवाद उत्पन्न भएको हो ।

सभापति मल्लले पार्टी केन्द्रबाट पठाइएका निर्वाचन अधिकृत बमले क्रियाशिल सदस्यहरुको नामावलीमा एकलौटी र बदमासी गरेको आरोप लगाउदै अधिवेशन गर्न असमर्थ रहेको व्यहोराको विज्ञप्ति प्रकाशित गरेका छन् ।

सभापति मल्लले महाधिवेशन स्थगित गरेपछि निर्वाचन समिति र जिल्ला सभापतिको क्षेत्राधिकारको समेत बिवाद देखिएको छ । पार्टीको केन्द्रीय समितिले निर्वाचनको अधिकार आफूहरुलाई दिएकोले जिल्ला सभापतिले निर्वाचन रोकेर नरोकिने निर्वाचन समितिको भनाइ रहेको छ । आफूहरुको समन्वयमा मात्र निर्वाचन गर्ने वा रोकिने अवस्था भए रोक्न सक्ने समितिको भनाई हो ।

सभापति मल्लले जारी गरेको विज्ञप्ति :

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार ११:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।