नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको कारोबार अनुमति पाएको साँग्रिला विकास बैंक चरम विवादमा पर्दै गएको तथ्य फेला परेको छ । बैंकका चिफ अपरेटिङ अफिसर अपूर्वप्रसाद जोशीको जोडबलमा बैंकको बजार प्रमुख पदमा अर्पणा बज्राचार्यको प्रवेशसंगै बैंक अनपेक्षित विवादको भुँवरीमा फसेको हो ।
गतिलो काम गर्न नसकेपछि आलोचनाको शिकार भएकी बज्राचार्य यस बैंकको बजार प्रमुख बनेपछि उनले आफूलाई सीईओभन्दा माथिल्लो दर्जामा राखेकी छिन् । चिफ अपरेटिङ अफिसर जोशी र मुख्य कर्जा अधिकृत रञ्जित मास्केको साथ पाएपछि बज्राचार्यको महत्वाकांक्षा बढेको हो ।
फरियावादमा चुर्लुम्म डुब्दै गएको यस बैंकमा सिईओ सुयोग श्रेष्ठ निरीह बनेका छन् । आफ्नो पदीय जिम्मेवारीमा अयोग्य रहेकी बज्राचार्यको कार्य सम्पादन अत्यन्तै कमजोर छ । माथिका हाकिमको आडमा बज्राचार्यले वरिष्ठ सहकर्मीहरुलाई थर्काउने, रुखो व्यवहार गर्ने गरेकी छन् । बैंक श्रोतकाअनुसार स्वाभिमानी र काममा उत्कृष्ट कर्मचारीमा जागिर छोड्ने लहर चलेको छ । योग्य कर्मचारीहरुले जागिरबाट हात धुन थालेपछि बैंकको साखमा प्रश्न उठ्न थालेको छ ।
काममा भन्दा अरुको तेजोबधमा खप्पीस बज्राचार्यले एचआर प्रमुख लेखनाथ पौडेल र आईटी हेड सन्तोष पंगेनीलाई हातमा लिएर बैंकप्रति बफादार कर्मचारीलाई अपमान गर्ने गरेकी छन् । विज्ञापन र बजार व्यवस्थापनमा उनकै हालीमुहाली चल्ने गरेको छ ।
बैंकमा मुख्य कानुन अधिकृत सुजनबाबु अधिकारी भएपनि बैंकमा आउने कानुनी उपचारमा समेत बज्राचार्यको हस्तक्षेप बढेको छ । केही समय अगाडि बत्तिसपुतलीको जग्गा काण्ड मिलाउन पनि उनले ठूलै रकमको चलखेल गरी सामसुम बनाएकी थिइन ।
बैंकको कारोबारको निरीक्षण तथा ताकेता गर्न आउने नेपाल राष्ट्र बैंकका कर्मचारी समेत बज्राचार्यका अघिल्तिर निरीह बन्ने गरेका छन् । देशभरमा ९९ वटा शाखा रहेको जनताको निक्षेप सुरक्षा गर्न स्थापित बैंकमा एउटा असक्षम व्यक्तिको भद्दा हस्तक्षेप स्वाभाविक देखिदैन । पीडित कर्मचारीको प्रश्न छ– आखिर के त्यस्तो जादू छ अर्पणामा ?





















प्रतिक्रिया