Logo

शिक्षा

शिक्षामा गुणस्तर कायम गर्न प्रअसँग कार्यसम्पादन सम्झौता



खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग कार्यसम्पादन सम्झौता गरेको छ ।

सामुदायिक विद्यालयको भूमिकालाई अझ प्रभावकारी बनाउन ४९ सामुदायिक र दुई वटा संस्थागत विद्यालयका प्रधानाध्यापकसँग २७ बुँदे कार्यसम्पादन सम्झौता भएकाे हाे ।

गाउँपालिका अध्यक्ष प्रदीप राई र प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईको उपस्थितिमा गाउँपालिकाका शिक्षा अधिकृत बाबाठकुरी रिजाल अधिकारी र सम्बन्धित विद्यालयका प्रअले कार्यसम्पादन सम्झौता गरेका हुन् ।

शैक्षिक गुणस्तर उकास्न प्रत्येक वर्ष तीन प्रतिशतले सिकाइ उपलब्धी वृद्धि गर्ने लक्ष्य रहेकाे गाउँपालिका अध्यक्ष राईले बताए ।

शैक्षिक सत्रको अन्त्यमा सबै शिक्षकलाई आफूले शिक्षण गरेको विषयको सिकाइ उपलब्धी यकीन गर्न लगाएर आगामी सत्रका लागि शिक्षण सुधार योजना निर्माण गर्ने कार्यसम्पादन सम्झाैतामा उल्लेख छ ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार ०९:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।