Logo

प्रमुख समाचार

सुदुरपश्चिममा मन्त्रिपरिषद् विस्तार, नेपाललाई साथ दिएका लामाद्वय मन्त्री र राज्यमन्त्री



सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिपरिषद् विस्तार गरेका छन् । शुक्रबार साँझ उनले नेकपा ९एकीकृत समाजवादी०बाट एक जना मन्त्री र एक जना राज्यमन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

एकीकृत समाजवादीबाट तारा लामा तामाङ आर्थिक मामिला तथा योजनामन्त्री बनेका छन् भने माया तामाङ बोहोरा आर्थिक मामिला तथा योजना राज्यमन्त्री बनेकी छन् । तामाङ यसअघि नेकपा एमालेमा हुँदा संसदीय दलका प्रमुख सचेतक थिए । बोहोरा भने एमालेमा आन्तरिक विवाद हुँदा ओली समूहमा थिइन् ।

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले शुक्रबार साँझ नै प्रदेश प्रमुखसमक्ष शपथ लिएका छन् ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार १९:११   :  बजे

531
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।