Logo

धर्म / संस्कृति

आजको राशिफल हेरौं, दिनभर कसको भाग्य कस्तो रहनेछ ?



मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन् । आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ । रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ होला । साझेदारीबाट पनि फाइदा उठाउन सकिनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ । विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । सामाजिक कार्यले हौसला प्रदान गर्नेछ । चिताएकाे काम बन्नेछ, अड्किए पनि लाभांश प्राप्त भइरहनेछ । विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षा पूरा हुनेछ । नाम, दाम र इनाम हातलागी हुने समय छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

अवसरसँगै चुनौतीसमेत देखा पर्ने हुँदा होसियारीसाथ काममा जुट्नुपर्ला । छिद्र खोतल्नेहरूले दु:ख दिनेछन्, विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला । शुभचिन्तकहरूको साथ–सहयोगले अप्ठ्यारा चुनौती पार लगाउन सकिनेछ । सामाजिक जिम्मेवारी बढ्नेछ । नयाँ कामको अवसर पनि प्राप्त हुनेछ । समाजसेवा, धर्मकर्म र परोपकारी काममा प्रवृत्त भइनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

परिबन्धले समस्या निम्त्याउन सक्छ । गोपनीयता बाहिरिनाले अप्ठ्याराे पर्न सक्छ । तापनि चुनौतीभित्र अवसर खोज्ने समय छ । जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ । मिहिनेत गर्दा अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् । आयस्रोत कमजोर बन्नेछ र फजुल खर्च बढ्न सक्छ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

व्यवसायले आम्दानी दिलाउनेछ । विशेष उपहार हातलागी हुने समय छ । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । रमाइलो यात्रा गर्ने साइत पनि जुर्नेछ । टाढिएका साथीभाइसँग भेटघाट हुनेछ । तर, आजको यात्रा र आतिथ्य खर्चिलो बन्नेछ । वचन पूरा गर्न नसक्दा आलोचित भइनेछ । परिस्थिति र सम्बन्ध अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । शत्रुसमेत परास्त हुनेछन् । बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । नयाँ योजना शुभारम्भ गर्ने समय छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

समयतालिका नमिल्दा योजना अधुरै रहनेछ । पहिलेका काम दाेहाेर्याउनुपर्ने हुन सक्छ । आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ । अध्ययनमा त्यति समय दिन नसकिएला । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने समय छ । नयाँ काम थाल्न हतार नगर्नुहोला । गुरुजन र सन्तानको सहयोग लाभदायी बन्नेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

हल्लाको विश्वास गर्दा काम बिग्रन सक्छ । आज अरूलाई दिने नभई भित्र्याउने समय छ । दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ । पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ । परिस्थितिअनुसार निर्णय लिन नसक्दा काममा पछि परिनेछ । अरूको व्यवहारले शंका उब्जाए पनि प्रियजनको सुझाव शिरोधार्य गर्दा अवश्यै लाभ हुनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

प्रयत्न गर्दा ठूलाे काम सम्पादन हुनेछ । छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ । स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । लाभांश बढ्नाले दैनिकीमा परिवर्तन आउनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु तथा प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । सुखद् समाचारले उत्साह जगाउनेछ । बुद्धिको उपयोगले चिताएको योजना कार्यान्वयनमा आउनेछ । बोलीको माध्यमले धेरैलाई प्रभावित पार्न सकिनेछ । आर्थिक क्रियाकलापमा समेत मनग्य फाइदा लिने समय छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ । समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । परम्परालाई संरक्षण गर्न सकिनेछ । प्रतिष्ठा, मान–सम्मान आदि पाइने समय छ । साथ दिनेहरू बढ्नेछन् । प्रेम र मित्रताको बन्धन पनि कसिनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

खर्च बढ्नाले अर्थ अभावको स्थिति रहनेछ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ । अरूको मुख ताक्ने बानीले योजना अधुरो रहनेछ । व्यवसायमा लगानी बढाउनुपरे पनि कर्जामार्फत धन जुटाउन सकिनेछ । केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ । आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आईतवार ०७:२४   :  बजे

423
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।