Logo

अर्थ

नेप्सेमा १ सय १४ अंकको गिरावट



आज साताको दास्रो दिन नेप्सेमा १ सय १४ अंकले गिरावट भएको छ भने सेयर बजार परिसूचक २६ सय अंकको बिन्दुतर्फ ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार शेयर बजारमा आज २६सय९८ अंकमा आएर थामिएपछि सेयर बजार २६ सय अंकतर्फ ओरालो लागेको हो ।

आज १ करोड ७३ लाख कित्ता सेयर किनबेच भएर ८ अर्ब ४९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज कारोबार भएका सबै १३ वटै समूहमा उच्च अंकलको गिरावटल राताम्मे भएको छ ।

नेप्से मा जीवन बीमा समूहमा सबैभन्दा बढी ८ सय अंकले घटेको छ भने निर्जीवन बीमा समूहमा ६ सय १४ अंक र विकास बैंक समूहमा ३ सय ३२ अंकले गिरावट आएको छ । जलविद्युतमा २ सय २०, होटल एण्ड टुरिजममा १ सय ५८ अंक र वित्त समूहमा २सय २९ अंकको गिरावट आएको छ ।

सबै बजार सय अंकभन्दा बढीले घटे पनि मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयरधनीहरूले सबैभन्दा बढी आम्दानी गरेका छन् । आज मनकामनाका सेयरधनीले प्रतिकित्ता ८९ रुपैयाँ कमाएका हुन् । आज सातवटा कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ भने अन्य २५ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले घट्न गएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार १५:५९   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।