नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले गत आर्थिक वर्षको वितरण योग्य नाफाबाट सेयरधनीलाई ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकको असोज ४ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई नगद लाभांश दिने निर्णय गरेको हो ।
बैंकले प्रस्तावित लाभांश स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकमा वित्तिय विवरण पेश गरेको जनाएको छ । राष्ट्र बैंकबाट स्विकृत दिएपछि साधारण सभाले नगद लाभांश वितरण गर्ने प्रस्ताव पास भएपछि लाभांश वितरण गर्ने बैंकले जनाएको छ ।
बैंकको हाल जारी चुक्ता पुँजी २० अर्ब रुपियाँ रहेको छ भने संचालक समितिले सेयरधनीलाई ८.५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।





















प्रतिक्रिया