कोेरोनाको लहरका कारण जाखिम नियन्त्रणका लागि विगत लामो समय गत बैशाखमा सरकारले निषेधाज्ञा जारी गरि प्रसिद्ध मुक्तिनाथ मन्दिर बन्द गरिएको थियो । मुक्तिनाथ मन्दिर हिन्दू तथा बौद्धमार्गीहरूको लागि एक महत्त्वपूर्ण तिर्थस्थल हो । यो हिमालपारिको जिल्ला मुस्ताङमा रहेको छ ।
कोरोना महामारी पछि गत वैशाखबाट बन्द रहेको मन्दिर सर्वसाधारणका लागि पूजा पाठका लागि खुला गर्ने मुस्ताङका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिएका छन् ।
हिन्दुहरुको धार्मिक मान्यता अनुसार यो क्षेत्र त्यस्तो हो, जहाँ मानिसहरूलाई मुक्ति प्राप्त हुन्छ । यहाँ दिनँहु जटिल यात्रा गरेर हजारौ संख्यामा हिन्दू धर्मावलम्बी तिर्थ गर्नका लागि जाने गर्दछन ।
कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले संक्रमण दर घटेको भन्दै अब प्रसिद्ध मुक्तिनाथ मन्दिर यही असोज १० गतेदेखि सर्वसाधारणका लागि खुल्ला गरिने निर्णय भएको छ।





















प्रतिक्रिया