Logo

धर्म / संस्कृति

तपाईको आज कस्तो छ ? हेरौँ राशिफल



मेष: आर्थिक सम्वृद्धि हासिल हुने छ । पारिवारिक समस्या बढ्ने छ । मित्रजनबाट भने सहयोग मिल्ने छ । मध्यान्नदेखि स्वास्थ्यमा समस्या आउनसक्छ ।


वृष: सोचेका कामहरु बन्ने छन् । प्रेम सम्बन्ध प्रगाढ बन्ने छ । आर्थिक कारोवार गर्दा अलिक सजग रहनु होला । वैदेशिक कार्य बन्ने छन् । मध्यान्नदेखि सुखद सुरुवात हुने छ ।


मिथुन: प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। परिवारको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ। श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ।

कर्कट: पारिवारिक समस्या बढ्ने छ । केही खराव निर्णयले गर्दा मध्यान्नदेखि मनमा अशान्ति हुने छ । धैर्यका साथ निर्णय गर्नु होला । रोकिएको पैसा प्राप्त हुनाले आर्थिक समस्या समाधान हुनेछ । विहानै परेवालाई दाना दिँदा राम्रो हुनेछ ।


सिंह : सुरुमा केही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ। असन्तुलित खानपानले पेटको समस्या आउने समय छ।

कन्या: प्रशंसकहरू बढ्नेछन् र मानसम्मान समेत पाइनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै वशमा ल्याउन सकिनेछ। सहयोगीहरू जुट्नाले व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ।

तुला: आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने समय छ। पैत्रिक सम्पत्तिको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ। प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ।

वृश्चिक: विगतका कमजोरी सच्याउने मौका मिल्नेछ। विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। व्यापार ब्यबसायबाट लाभ मिल्नेछ।

धनु : सोचेका कार्यहरु पूरा हुने छन् महत्वपूर्ण भेटघाट हुनाले नवीन कार्म बन्ने छ । केही शत्रु बढ्नेछन् । दाम्पत्य जीवनमा सुख तथा शान्ति पाप्त हुनेछ ।
मकर( सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ। लगनशीलताले महत्वपूर्ण काम दिलाउन सक्छ। मानसम्मान पनि पाइनेछ।

कुम्भ: अध्ययन अध्यापनमा प्रगति हुनेछ। बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ। रमाइलो यात्राको योग रहेको छ।

मीन: विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार १०:४१   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।