Logo

कोशी प्रदेश

बराहक्षेत्रकाे सप्तकोसी नदिमा वेवारिसे अबस्थामा भेटियाे शव



सुनसरीको बराहक्षेत्र नगरपालिका वार्ड नम्बर ९ को धरहरा टपन स्थित सप्तकोशी नदिमा वेवारिसे अवस्थामाा शव भेटिएको छ । मंगोलियन मुलकि अन्दाजी १८र२० वर्षकी महिलाको शव शनिबार ७स्३० वजे भेटिएको बराहक्षेत्र महेन्द्रनगर इलका प्रहरी चक्रघट्टीले जनाएकोछ ।
 
 
शवको अवस्था हेर्दा करिब ४र५ दिन अगाडीको घटना हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । गोरो वर्णको, करिब ५ फिट उचाई फएकी, कानमा सुन जस्तो धातुको कुण्डल लगाएको र शरिरमा कपडा नभएको पहाडिमुलकी मंगौलियन अनुहार भएको शबको अहिले सम्म पहिचान हुन सकेको छैन ।
 
शरिरमा कपडा नरहेको कानमा सुन जस्तो धातुको कुण्डल लगाएको लामो कपाल भएको शरिरको छाला सडी सकेको र छाला पिल्सिएकी अवस्थाम रहेको हेर्दा पहाडिमुलकी मंगौलियन अनुहार जस्तो देखिने बराहक्षेत्र महेन्द्रनगर इलका पहरी चक्रघट्टी इनिस्पेक्टर पाण्डव राजवंशीले बताए । चिन्नु हुने व्यक्तीहरुले ई।प्र।का। महेन्द्रनगर सुनसरीमा निम्न नम्बरमा सम्पर्क नम्बर ९८५२०९०१२५ सम्पर्क गरि सहयोग गर्न बराहक्षेत्र महेन्द्रनगर इलका पहरी चक्रघट्टीका इनिस्पेक्टर पाण्डव राजवंशीले अनुरोध गरे । मृतकको लासलाई पोस्ट मार्टन गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको प्रहरीले जानकारी दिऐको छ ।

प्रकाशित मिति : भाद्र २१, २०७७ आईतबार  ५ : १४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।