Logo

प्रमुख समाचार

सुदुरपश्चिममा रावल र भट्टको टकराव, मिलाउने जिम्मा ओलीलाई



२०७४ सालको प्रतिनिधिसभामा नेकपा (माओवादी केन्द्र)को गोलाकारभित्रको हँसिया हथौडा चुनाव चिन्हबाट चुनाव जितेका नेता लेखराज भट्ट र एमाले उपाध्यक्ष भीम रावलबीचको बिवाद झन् उग्र भएको छ । उपाध्यक्ष रावल तत्कालीन नेकपामा बिवाद आएका बेला प्रचण्ड माधव नेतृत्वका समूहमा लागेपछि पार्टी अध्यक्ष ओलीले पार्टीको प्रदेश इन्चार्ज बनाएकोमा रावल एमालेमै फर्किएपछि बिवादले उग्ररुप लिएको हो ।

एकले अर्काले पार्टीको प्रदेश इन्चार्ज भएको दाबी गरेपछि पार्टीको प्रदेश इन्चार्ज रावल कि लेखराज भट्ट भन्ने विवाद मिलाउने जिम्मा अध्यक्ष ओलीले नै लिएका छन् । सोमबार बसेको स्थायी कमिटी बैठकमा सुदूरपश्चिम इन्चार्जबारे छलफल भएको र रावल र भट्टमध्ये एकलाई अर्को जिम्मेवारी दिएर बिवाद मिलाउन सकिने निश्कर्ष निकालिएको बताइएको छ ।

रावल र भट्टको जिम्मेवारी विवादमा उच्चस्तरीय कार्यदलका नेताहरूसँगको छलफलमा अध्यक्ष केपी शर्मा ओलीले मिलाउने जिम्मा लिएका छन् ।

रावल र भट्टमध्ये एकलाई सम्मानपूर्वक अर्को जिम्मेवारी दिन सकिने भन्दै १० बुँदे ९० प्रतिशत समाधान भइसकेको भन्दै सोही अनुसार अघि बढ्नु पर्ने सुझाव बैठकमा दिइएको थियो । यसअघि उपाध्यक्ष रावलले पार्टी जेठ २ मा फर्कने सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्ट बनेका थिए ।

त्यस्तै सोमबारको स्थायी कमिटीमा विधान महाधिवेशनमा पेश गर्नेगरी आइतबार केन्द्रीय कमिटी बैठकले पारित गरेका तीन प्रतिवेदनमाथि आएका सुझाव समेट्नेबारे सामान्य छलफल भएको गुरुले जानकारी दिए ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार १७:२७   :  बजे

165
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।