Logo

प्रमुख समाचार

विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री शाक्य, अंकगणित यस्तो छ



बागमती प्रदेशकी मुख्यमन्त्री अष्ट लक्ष्मी शाक्यले विश्वासको मत लिने तयारी गरेकाी छिन् । गत भदौ २ गते नेपालकै पहिलो मुख्यमन्त्रीमा नियुक्त शाक्यले मुख्यमनत्री बनेको डेढ महिनापछि विश्वासको मत लिने तयारी गरेकी हुन् ।

५६ सांसदसहित एकल बहुमतबाट मुख्यमन्त्री बनेकी शाक्य उपाध्यक्ष रहेको नेकपा (एमाले)मा अहिले ४३ सांसद मात्र छन् । एमालेले अरु पार्टीसँग हालसम्म सहकार्य नगरेकोले शाक्यलाई आफ्नो पक्षमा सरहकार जोगाउन कठिन देखिएको छ ।

बागमती प्रदेशमा सभामुखसहित १०९ सांसद छन् । सरकार गठनका लागि ५५ सांसद चाहिन्छ । तर, यति बेला संसदमा रहेको कुनै पनि दलसँग सरकार गठनका लागि एकल बहुमत छैन ।

साढे तीन वर्षसम्म एकल बहुमतको सरकार चलाउँदै आएको एमाले पनि विभाजनपछि अल्पमतमा परेको छ । संसदमा एमाले सबैभन्दा ठूलो दल भए पनि सरकार बचाउनका लागि बहुमत छैन ।

संसदमा एमालेसँग ४३, नेकपा (माओवादी केन्द्र)सँग २३, नेपाली कांग्रेससँग २२, नेकपा (एकीकृत समाजवादी)सँग १३, विवेकशील साझासँग ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीसँग २/२ तथा जनता समाजवादी पार्टीसँग एक सांसद छ।

एमालेले संसदमा गठबन्धनबाहिर रहेका अन्न्य साना दलसँग मिलेर सरकार जोगाउने प्रयास गरे पनि आवश्यक मत पुग्दैन । ४३ मत रहेको एमालेले विवेकशील, राप्रपा र नेमकिपाको सहयोग पाउँदा पनि ५० सांसद मात्र हुन्छ । बहुमतका लागि ५५ सांसद आवश्यक छ । त्यसैले मुख्यमन्त्री शाक्यले संसदमा विश्वासको मत नपाउने निश्चित छ ।

उता गठबन्धननमा भने सरकार गठनका लागि आवश्यक मत स्पष्ट पुग्छ । गठबन्धनमा रहेको माओवादी केन्द्र, कांग्रेस, एकीकृत समाजवादी र जसपा मिल्दा ५९ सांसद हुन्छ । जुन सरकार गठनका लागि बहुमत हो ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार १०:४८   :  बजे

834
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।