Logo

शिक्षा

एसईईको रजिष्ट्रेसन र आवेदन फारम खुल्यो



राष्ट्रिय परीक्षा बोर्डले २०७८ मा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा एसईईको आवेदन फारम खुलाएको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०७८ सालमा सञ्चालन हुने एसईईमा समावेश हुनका लागि रजिष्ट्रेसन र आवेदन फारमको सूचना सार्वजनिक गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालयले आज एक सूचना प्रकाशित गरी ‘कक्षा १० मा नियमित रुपमा अध्ययनरत विद्यार्थीहरूको लागि कात्तिक मसान्तभित्र आवेदन फाराम भरिसक्नु पर्ने बताएको छ।

परीक्षार्थीको फाराम मङ्सिर १० भित्र शिक्षा विकास तथा समन्वय इकाई मा बुझाइसक्नुपर्ने र १५ पुसभित्र परीक्षा नियन्त्रण कार्यालयमा पेस गरिसक्नु पर्ने बोर्डले जानकारी दिएको छ । गत वर्ष कोरोना महामारीका कारण स्थगित गरिएको एसईई परीक्षा आन्तरिक मूल्यांकनबाट नतिजा निकालिएको थियो।

प्रकाशित : १५ आश्विन २०७८, शुक्रबार