Logo

सूचना/प्रविधि

सामसङले सस्तो मूल्यमा ल्यायो ४ वटा क्यामेरा भएको ग्यालेक्सी ‘ए–१२’



सामसङले सस्तो तथा आकर्षक मूल्यमा नयाँ सिरिज बजारमा ल्याएको छ। कम्पनीले ६.५ इन्चको डिस्प्ले भएको  ‘ए’ सिरिजअन्तर्गत ग्यालेक्सी ‘ए–१२’ बजारमा ल्याएको छ । 

कम्पनीले फोनमा ५ हजार एमएएच ब्याट्री क्षमता दिएको छ भने फास्ट चार्ज गर्न १५ वाटको फास्ट चार्जिङ सुविधा समेत उपलब्ध गराएको जानकारी दिएको छ।

डिस्प्ले ६.५ इञ्च डिस्प्ले
फ्रन्ट क्यामरा ८ मेगापिक्सल
ब्याक क्यामरा ४८, ५, २, २
मिडिया टेक पी ३५ अक्टाकोर प्रोसेर
५ हजार एमएएच ब्याट्री
१५ वाट फास्ट चार्जिङ चार्जर

फोनमा मुख्य क्यामरा ४८ मेगापिक्सल, अल्ट्रावाइड ५, म्याक्रो २ र २ मेगापिक्सल डेप्थ क्यामरा छ।

यो फोनको डिजाइन आकर्षक हुनुको साथै फोनमा क्लासिक म्याट फिनिसिङ्ग छ जसले हातमा लिदाँ सहज अनुभव दिन्छ।

फोनको सुरक्षाको लागि फिङ्गर प्रिन्ट सेन्सर साइडमा राखेको छ । फोन कालो, नीलो तथा रातो रंगमा उपलब्ध छ । यो फोन ४ जिबी ६४ जिबी, ४ जिबी १२८ जिबी स्टोरेजमा उपलब्ध रहेको छ। फोनको मूल्य क्रमशः १८ हजार ९ सय ९९ र १९ हजार ९ सय ९९ रहेको छ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार १५:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।