Logo

प्रदेश न. १

प्रदेश–१ मा राई र बागमतिमा पाण्डे मुख्यमन्त्री



नेकपा एकीकृत समाजवादीले प्रदेश १ र बागमती प्रदेशको मुख्यमन्त्री पाउने भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार बसेको सत्तारुढ दलका शीर्ष नेताको बैठकमा दुई प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति भएको एक नेताले बताए ।

अब प्रदेश १ मा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राई र बागमतीमा पनि संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने भएका छन् । हालका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य र बागमतीकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नपाउने निश्चित छ । दुवैै प्रदेशमा सत्तारुढ गठबन्धनको स्पष्ट बहुमत छ ।

आचार्य र शाक्य करिब एक महिनाअघि मुख्यमन्त्री नियुक्त भएका थिए । संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीले नियुक्त भएको एक महिनामा प्रदेश सभाबाट विश्वासको मत लिनुपर्छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रकाशित : २२ आश्विन २०७८, शुक्रबार