Logo

प्रमुख समाचार

बाजुराको कांग्रेस सभापतिमा रामसिंह रावल विजयी



नेपाली कांग्रेस बाजुराको सभापतिमा रामसिंह रावल विजयी भएका छन् । उनी ६०५ मतसहित जिल्ला सभापति चुनिएका हुन् ।

उनका प्रतिस्पर्धी कविराज पण्डितले ५६६ मत पाएका छन् ।

जिल्ला सभापति पदका लागि असोज २१ गते निर्वाचन भएको थियो । १ हजार १ सय ८२ मत खसेको मध्ये १ हजार १ सय ७१ मत सदर भएको थियो भने ११ मत बदर भएको थियो ।

रावलले ३९ मतले पण्डितलाई जितेका हुन् । उनी पौडेल समूह निकट हुन् । पहिलो चरणमा सभापतिका तीन उम्मेदवार मध्ये कसैले पनि बहुमत नल्याएपछि बिहीबार दोस्रो चरणको मतदान भएको थियो ।

प्रकाशित मिति : आश्विन २२, २०७८ शुक्रबार  ९ : २९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।