Logo

सुदूरपश्चिम प्रदेश

टीकापुरमा ग्यासमा आगलागी हुँदा ४ जना घाइते, २ जनाको अवस्था गम्भीर



कैलालीको टीकापुर नगरपालिका–१ निवासी जीवन विष्टको भान्सा घरमा खाना पकाउने ग्यास चुहावट भई आगलागी हुँदा चार घाइते भएका छन् । 

ग्यास जडान गर्ने क्रममा आज भएको आगलागीबाट ३० वर्षीय निज विष्टसहित उनकी पत्नी २८ वर्षीया बबिता विष्ट, तीन वर्षीय छोरा जेनेल र सोही वडाको विजयनगर मुक्तकमैया शिविरका हरि चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतीक विष्टले जानकारी दिए ।

घाइतेमध्ये जीवन विष्ट र हरी चौधरीको अवस्था गम्भीर छ । अन्य दुईको अवस्था समान्य छ । घटनामा घाइते हुनेलाई तत्काल टीकापुर अस्पतालमा पु¥याइएकोमा थप उपचारका लागि कोहलपुर लगिएको छ ।

प्रकाशित मिति : चैत्र ३, २०७७ मंगलबार  ५ : ५२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।